आर्थिक वर्ष सन् २०२५-२६ लाई बिदा गर्दै २०२६-२७ लाई स्वागत गर्ने समय भएको छ। अस्ट्रेलियामा जुलाई १ देखि के-के परिवर्तन हुँदै छन् त? यो लगायत रिजर्भ ब्याङ्कले ४.३५ प्रतिशतमा यथावतै राखेको ब्याज दर र ‘क्यापिटल गेन्स ट्याक्स‘मा फेरबदलसँगै के अब ‘प्रपर्टी इन्भेस्टर’ बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त जस्ता जिज्ञासाहरूको उत्तरका साथ हामी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यस महिनाको आर्थिक कुराकानी लिएर आएका छौँ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, <...
Loading summary